Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार उकालाे लाग्दा ह्वात्तै बढ्याे काराेबार

निशा हुमाँगाई

सोमबार, २८ पुस २०७६, १५ : ०३ मा प्रकाशित

शेयर बजार उकालाे लाग्दा ह्वात्तै बढ्याे काराेबार

अर्थ संसार, काठमाडौं – आज (साेमबार) पनि शेयर बजार १५.१४ अंकले बढेकाे छ । कुल १८३ वटा कम्पनीको ५५ लाख १८ हजार ६३६ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ रुपैयाँको कारोबार भएकाे छ ।

१२५५.७२  विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १२७०.८६ अंकमा आइपुगेको छ ।

साेमबार बैंकिङ १४.८१ अंक, व्यापार २५.१२ अंक, होटल १२.५९ अंक, विकास बैंक १२.५३ अंक, जलविद्युत ४८.७ अंक, फाइनान्स १०.८८ अंक, निर्जिवन लाइफ ३९.०१, अन्य ७.९९ अंक, लाइफ इन्स्योरेन्स ५२.०७ अंक र सामूहिक लगानी कोष समूह ०.०४ अंकले बढेको छ ।

त्यसैगरी, उत्पादन २.०६ अंक र माइक्रोफाइनान्स १३.८९ अंक घटेकाे छ ।

5e1c398a1e483.jpg 5e1c399555692.jpg 5e1c399b50fa3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको