Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको ४७ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको मृगौलियामा

निशा हुमाँगाई

सोमबार, १३ माघ २०७६, १३ : १५ मा प्रकाशित

सनराइज बैंकको ४७ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको मृगौलियामा

अर्थ संसार, काठमाडौं - सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ मोरङ्गको मृगौलियामा ४७ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

उक्त बैंकिङ्ग सेवा माघ ११ गते शनिबार आयोजित एक कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका वडा नं २ का अध्यक्ष श्री दोरी लाल चाैधरी र सुन्दरहरैचा नगरपालिका सदस्य श्री राम लाल गछधारले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

यसैगरी, उक्त बैंकिङ्ग सेवाका प्रतिनिधि श्री देव नारायण चाैधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै शाखारहित बैंकिङ्ग सेवा संचालन भयो ।

त्यस्तै, उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३० वटा शाखा,४६ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको