Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूले गर्याे संजय साई विद्या मन्दिरलाई आर्थिक सहयोग

निशा हुमाँगाई

विहीबार, १६ माघ २०७६, १४ : ३७ मा प्रकाशित

बैंक अफ काठमाण्डूले गर्याे संजय साई विद्या मन्दिरलाई आर्थिक सहयोग

अर्थ संसार, काठमाडौं – बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्तर्गत बालकोट, भक्तपुरको श्री संजय साई विद्या मन्दिरलाई विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न सहयोग स्वरूप ५,००,००० (अक्षेरूपी रू. पाँच लाख मात्र) उपलब्ध गराएको छ । उक्त सहयोग रकम यस बैंकका अध्यक्ष श्री प्रकाश श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बिनोद थापालाई हस्तान्तरण गरेका हुन् । 

२०६८ साल बैशाख १ गतेदेखि संचालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरूलाई निःशुल्क शिक्षा प्रदान गर्दै आईरहेको छ ।

यस्तै, बैंकले हाल ८७ शाखा कार्यालयहरू, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरूलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको