अर्थ संसार, काठमाडौं – सिभिल बैंक लिमिटेड र सेन्चुरी कमर्सियल बैंक लिमिटेड नेपाल राष्ट्र बैंककाे कारवाहीमा परेका छन् । कर्जा श्रोत परिचालन अनुपात (सीसीडी रेसियो) नपुर्याएकाले राष्ट्र बैंकले यी दुई वाणिज्य बैंकहरुलाई कारवाही गरेको हाे ।
सेन्चुरी बैंकलाई ७ लाख १९ हजार ७ सय ६० रूपैयाँ र सिभिल बैंकलाई ३७ लाख ५७ हजार ४ सय ४५ रूपैयाँ जरिवाना तिराइएको राष्ट्र बैंकले जनाएकाे छ ।
राष्ट्र बैंकले गरेकाे व्यवस्था अनुसार बैंकहरुले ८० प्रतिशत सीसीडी रेसियो कायम गर्नुपर्नेछ । कुनै बैंकले एक सय रुपैयाँ निक्षेप लिए भने ८० रुपैयाँमात्रै कर्जा लगानी गर्न पाउँछन्, २० रुपैयाँ भने बैंकले तरलता राख्नु पर्छ । यस्तो व्यवस्था पालना नगरेकाले सिभिल र सेञ्चुरी बैंक राष्ट्र बैंककाे कारवाहीमा परेका हुन् ।
त्यसैगरी, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले सिटिजन्स बैंकलाई समेत कारवाही गरेको छ । राष्ट्र बैंकले दिएकाे जानकारी अनुसार सिटिजन्स बैंकलाई २० लाख रुपैयाँ जरिवाना तिराइएको हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस