अर्थ संसार, काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ नेपाल व्यवस्थापन संघ(म्यान) को अध्यक्ष पदमा निर्वाचित हुनुभएको, Manager of the Year 2019 पुरस्कार प्राप्त गर्नुभएको र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट संस्थागत तर्फ कार्यकारीणी समितिमा नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी सर्वाधिक बढी मतका साथ निर्वाचित हुनुभएकोमा बैंकका विभागीय प्रमुखहरु तथा उच्च व्यवस्थापनबाट बुधबार एक समारोहका बीच बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल व्यवस्थापन संघ(म्यान) को अध्यक्ष किरणकुमार श्रेष्ठले Manager of the Year 2019 पुरस्कार पाउनु बैंक भित्रका सम्पूर्ण कर्मचारीहरुको सामुहिक प्रयासको उपज हो भन्नु हुंदै बैंकले गरेको प्रगतिको मूल्याङ्कन हुन थालेको बताउनुभयो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले म्यानको कार्यकारीणी समितिमा भएको विजयी सम्पूर्ण राष्ट्रिय वाणिज्य बैंक परिवारको भएको बताउनुभयो ।
उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पुरस्कार पाउनु बैंकको गौरबको विषय भएको बताउनुभयो । विभागीय प्रमुख विनयरमण पौडेलले राष्ट्रिय वाणिज्य बैंकको प्रगति नोटिस हुन थालेको बताउनुभयो ।
कार्यक्रम बैंकका ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले संचालन गर्नुभएको थियो । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु, कम्पनी सचिव लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस