Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डाहरु

निशा हुमाँगाई

शुक्रबार, २४ माघ २०७६, १६ : ३६ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डाहरु

अर्थ संसार, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको चौधौं वार्षिक साधारण सभा आज (माघ २४ गते, शुक्रबार) दरबारमार्गस्थित बैंककाे सभाहलमा सम्पन्न भएको छ । साधारण सभाले १२ प्रतिशत नगद लाभांश सहितको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

बैंककाे संचालक समितिका अध्यक्ष निर्मलहरी अधिकारीको अध्यक्षतामा सम्पन्न  उक्त वार्षिक साधारण सभामा अध्यक्ष अधिकारीले प्रतिवेदन प्रस्तुत गर्दै सरकारको अधिकांश स्वामित्व भएको यस बैंकले विगत देखिनै सरकारी नीति तथा कार्यक्रमहरूको कार्यान्वयनमा प्राथमिकताका साथ सहकार्य गरिरेहको विचार व्यक्त गरेका थिए ।

यसैगरी, साधारण सभामा बैंकका शेयरधनीहरू क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भैतीक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ती मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाइ मन्त्रालयका प्रतिनीधी तथा सर्वसाधारण शेयरधनीहरूको उपस्थिति रहेको थियो ।

इतिहासमा पहिलो चोटी लाभांश पाएपछि वाणिज्य बैंकका शेयरधनीले गरे प्रशंसा 

त्यसैगरी, अध्यक्ष अधिकारीले प्रस्तुत गर्नुभएको प्रतिवेदन माथी शेयरधनीहरू अमृतनाथ रेग्मी र दामोदर प्रसाद रेग्मी, डमरू बल्लभ घिमिरे, राजेश शाक्य र रामगोपाल महर्जनले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारणा राखेका थिए । सो टिप्पणी एवं जीज्ञासाबारे बैंककाे संचालक समितिका अध्यक्ष निर्मलहरी अधिकारीले जवाफ दिएका थिए । 

यस्तै, उक्त साधारण सभामा बैंकका संचालक समितिका सदस्यहरू धनिराम शर्मा, जनककुमार बराल, प्रा.डा. राजनबहादुर पौडेल, प्रा.डा. माधबप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी र केशब प्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरू, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल र विभागीय प्रमुखहरू, लेखापरिक्षक, सल्लाहकारहरू, बैंकभित्र क्रियाशिल ट्रेड युनियका अध्यक्षहरू लगायतको उपस्थिती रहेको थियो । साभारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए । 

त्यस्तै, बैंकको हाल ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

5e3d4a877828d.jpg 5e3d4a8ac60ed.jpg 5e3d4a913a731.jpg 5e3d4a958e3d7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको