Like us!
Follow us!
Connect us!
Watch us!

हिजाे भुकम्प गएकाे शेयर बजार आज १४ अंकले बढ्याे

निशा हुमाँगाई

मंगलबार, २० फागुन २०७६, १६ : ०७ मा प्रकाशित

हिजाे भुकम्प गएकाे शेयर बजार आज १४ अंकले बढ्याे

अर्थ संसार, काठमाडौं – हिजाे साेमबार भुकम्प गएकाे शेयर बजार आज (मंगलबार) भने हरियाे भएरै बन्द भएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक १४.३७ अंकले वृद्धि भएको छ ।

मंगलबार शेयर बजार १४.३७ अंकले बढेर एक हजार ५०९.६७ मा पुगेकाे छ ।नेप्सेको वृद्धि प्रतिशतका आधारमा ०.९६ हो । यस्तै सेन्सेटिभ परिसूचक २.६१ अंकले वृद्धि भई ३२४.०४ मा पुगेको छ ।

कूल १८१ कम्पनीकाे ८२ लाख ११ हजार २८९ कित्ता शेयर खरिदविक्री हुँदा ३ अर्ब ८५ करोड १६ लाख २२ हजार ९९६ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज तिन उपसमूहको शेयर घटेकाे छ भने नाै उपसमूहकाे शेयर बढेकाे छ ।

मंगलबार बैंकिङ २२.६३ अंक, हाेटल ४.६७ अंक, विकास बैंक १९.९५ अंक, जलविद्युत ४.९४ अंक, फाइनान्स ७.७९ अंक, निर्जिवन लाइफ १६५.१८ अंक, उत्पादन ३६.१२ अंक, लाइफ इन्स्योरेन्स १८९.३ अंक र सामूहिक लगानी कोष समूह ०.२६ अंकले बढेकाे छ ।

त्यस्तै, व्यापार १९.४५ अंक, अन्य ०.१५ अंक र माइक्राेफाइनान्स ११६.१४ अंकले घटेकाे छ ।

कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्याेरेन्स शीर्षस्थानमा रहेको छ । कम्पनीको रु ३६ करोड ४४ लाख ३९ हजार २९२ बराबरको शेयर कारोबार भएकाे छ ।

        हेराैं आजकाे शेयर तालिका :

5e5e33de490c9.jpg 5e5e33e53d6d4.jpg 5e5e33e932431.jpg 5e5e33ed3e8bb.jpg 5e5e33f69f3d1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको