Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्वारा कैलालीमा बैंकिङ्ग साक्षरता कार्यक्रम  सम्पन्न

निशा हुमाँगाई

मंगलबार, २० फागुन २०७६, १६ : ३१ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्वारा कैलालीमा बैंकिङ्ग साक्षरता कार्यक्रम  सम्पन्न

अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदुर पश्चिम प्रदेशको कैलाली जिल्ला, टिकापुर स्थित बिरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीहरूलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निक्षेप, कर्जा लगानी र यसको सदुप्रयोग, आधुनिक बैंकिङ्ग, डिजिटल बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग र रेमिट्यान्स कारोबार सम्बन्धी जानकारी उपलब्ध गरिएको थियो ।

उक्त कार्यक्रममा बिरेन्द्र विद्या मन्दिर क्याम्पसका क्याम्पस प्रमुख हर्क भण्डारी र बैंकको टिकापुर शाखाका शाखा प्रमुख प्रकाश दत्त भट्टको उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको