Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

निशा हुमाँगाई

मंगलबार, २० फागुन २०७६, १६ : ३७ मा प्रकाशित

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

अर्थ संसार, काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । राष्ट्रियसभा सदस्यको २ वर्षीय कार्यकाल सकिएसँगै उनले राजीनामा दिएका हुन् । उनकाे राजीनामा पत्र राष्ट्रपति कार्यालय शितल निवास पुगिसकेको छ ।

खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । राजीनामा बुझाएपछि खतिवडा प्रधानमन्त्रीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

आज राजीनामा दिएका खतिवडाले भोलि फेरि नयाँ अर्थमन्त्रीको रूपमा सपथ लिने भएका छन् । 

त्यसैगरी, प्रधानमन्त्री केपी ओलीको चाहाना विपरित नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले खतिवडालाई थप ६ महिनाका लागि मन्त्रीमा पुनःनियुक्ति गर्ने र गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनितका लागि सिफारिस गरेको जानकारी आएकाे छ ।

5e5e3d8283c63.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको