अर्थ संसार, काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले आज अर्थमन्त्रीमा डा युवराज खतिवडालाई पुनःनियुक्त भएका छन् ।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा खतिवडालाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए ।
राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि मङ्गलबार मात्र उनले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।
राष्ट्रपति भण्डारीले उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभारसमेत तोक्नुभएको छ । नवनियुक्त अर्थमन्त्री खतिवडालाई आजै राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस