Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना भाइरसबारे संसद‍्मा सार्वजनिक महत्त्वको प्रस्ताव

शुक्रबार, २३ फागुन २०७६, १३ : ०४ मा प्रकाशित

कोरोना भाइरसबारे संसद‍्मा सार्वजनिक महत्त्वको प्रस्ताव

अर्थ संसार, काठमाडौं– कोरोनाभाइरस सङक्रमणको जोखिम नेपालमा पनि उच्च रहेको भन्दै सरकारले विभिन्न प्रयासहरू गरेको बताइरहँदा यस विषयमा संसदमा छलफल सुरू भएको छ।

सरकारले सङ्क्रमण रोक्नको लागि के गरिरहेको छ, भोलि सङ्क्रमण देखिए त्यसका लागि तयारी के भन्नेबारे बुझ्नका लागि उक्त प्रस्ताव पेश गरिएको प्रस्तावक काङ्ग्रेस नेता गगन थापाले भनेका छन्।

कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिममा नेपाल पनि रहेको विश्व स्वास्थ्य सङ्गठनले बताएपछि सरकारले रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा एउटा उच्चस्तरीय समिति गठन गरेको छ।

शुक्रवार पेश भएको प्रस्तावले उक्त समितिले कसरी काम गर्दैछ, सरकार कति तयारी अवस्थामा छ लगायतका विषयमा सरकारलाई सोध्ने र उसको जवाफ जान्न खोजिएको थापाले बताए।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले सरकारले गठन गरेको समितिको कामको निरीक्षण गर्ने समिति पनि संसद्‌ले गठन गर्नुपर्ने माग गरेका छन्।

"हाम्रा दुवै छिमेकमा सङ्क्रमणको असर देखिसक्दा नेपालमा अहिलेसम्म त्यो देखापरेको छैन भन्नुको मतलब हामीसँग तयारी गर्ने समय छ," थापाले भने।

इरानमा जस्तो एकाएक सङ्क्रमण व्यापक देखिए त्यसको सामनाकालागि पनि नेपाल तयार रहनुपर्ने सुझाव रहेको उनले बताए छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको