Like us!
Follow us!
Connect us!
Watch us!

महिला विश्वकप क्रिकेटः अस्ट्रेलियाको विशाल स्कोर

आइतबार, २५ फागुन २०७६, १५ : ०१ मा प्रकाशित

महिला विश्वकप क्रिकेटः अस्ट्रेलियाको विशाल स्कोर

अर्थ संसार, काठमाण्डौं – अस्ट्रेलियामा जारी टी२० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारतबीच मेलबोर्न क्रिकेट मैदान (एमसिजी) मा आइतबार भइरहेको फाइनल खेलमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि बेथ मूनीले व्यक्तिगत ७८ र अलिसा हिलीले ७५ रन बनाउनु भएको थियो । महिला क्रिकेट विश्वकपको फाइनलमा भारत पहिलो पटक पुगेको हो। एमसिजीमा ८० हजारभन्दा बढी दर्शकका सामुन्ने खेल्नुपर्ने चुनौती भारतसमक्ष छ। अर्कोतर्फ, अस्ट्रेलियाले महिला विश्वकप उपाधि चार पटक जितिसकेको छ। हरेक पटक खेलिएका विश्वकपमा अस्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको छ।

भारतीय टोलीमा शफाली बर्मा, स्मृति मन्धना, तनिया भाटिया, जमिमाह रोड्रिगेज, हर्मनप्रित कौर (कप्तान), वेदा कृष्णमुर्ती, दिप्ती शर्मा, शिखा पाण्डे, राधा यादव, पूनम यादव र राजेश्वरी गायकवाड रहनु भएको छ। अस्ट्रेलियाली टोलीमा एलिजा हिली, बेथ मूनी, मेग ल्यानिङ, जेस जोनासन, अस्ले गार्डनर, राचेल हेनिस, निकाला केरी, सोफी मोलिनक्स, जर्जिया वेयरह्याम, डेलिसा किमिन्स र मेगान सूट रहनु भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको