Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

निशा हुमाँगाई

बुधबार, २८ फागुन २०७६, १२ : ४२ मा प्रकाशित

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ संसार, काठमाडौं –  प्रभु बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा संखुवासभा जिल्लाको विकट क्षेत्र चिचिला गाउँपालिकामा चिचिला गाउँपालिका अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाको प्रमुख आतिथ्यतामा एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक  कार्यक्रम सम्पन्न भएको छ ।

 चिचिला गाउँपालिकाका स्थानीयबासीहरूलाई बैंकिङ्ग कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीय प्रतिनिधी, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजिवी, नागरिक समाज लगायतका व्यक्तिहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।

यसैगरी, एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना भनाईहरू राख्दै स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आय आर्जनको श्रोत बढाउन सकिने बारेमा बताएका थिए । चिचिला क्षेत्र विकट एवं दुर्गम क्षेत्रका रूपमा परिचित भएको भएतापनि नगदेबालीको रूपमा अलैंची खेती र आन्तरिक एवं बाह्य पर्यटनलाई व्यवस्थित गर्नको लागि स्थानीयबासीहरू नै अग्रसर भई लागेमा आर्थिक रूपमा सम्पन्न हुन सकिने उनले बताए । 

यस्तै, कार्यक्रममा प्रमुख अतिथी चिचिला गाउँपालिकाका अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधी र स्थानीयको आर्थिक अवस्थाका बारेमा जानकारी गराउँदै पिछडिएको यस क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा आयोजक प्रभु बैंक र सेजनलाई विशेष धन्यवाद प्रकट गरेका थिए । 

त्यसैगरी, कार्यक्रममा सेजनका अध्यक्ष भीम गौतम, बरिष्ठ पत्रकार दिपेन्द्र बान्तवा एवं प्रभु बैंक लिमिटेड खाँदबारी शाखा कार्यलयका शाखा प्रमुख सुमन बस्नेत लगायतले वित्तीय व्यवस्थापनबारे आ–आफ्ना भनाईहरू राखेका थिए ।

प्रभु बैंक र सेजनको संयुक्त आयोजनामा सम्पन्न यस वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमबाट सहभागी सबैले वित्तीय व्यवस्थापन र यसको सदुपयोग गरी आयअर्जन गर्ने सम्बन्धमा आधारभूत ज्ञान प्राप्त गर्नुभएको बैंकले विश्वास लिएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको