अर्थ संसार काठमाडाैं - नविल बैंक लिमिटेडले चैत्र २ गतेबाट २ अर्ब रूपैयाँ बराबरकाे “१०% नविल डिवेन्चर २०८२” नामकाे ऋणपत्र निष्कासन गर्दैछ ।
बैंकले वार्षिक १० प्रतिशत व्याजदरमा ७ वर्षकाे अवधिका लागि प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
अब्बल बन्दै प्राइम कमर्सियल बैंक।एकिकृत शुभारम्भको अवसरमा कैलाश र प्राइम बैंकका संचालकले भने यस्तो
यसैगरी, निष्कासन गरिन लागेकाे ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । त्यस्तै, बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्तामा भने सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, लक्ष्मी क्यपिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धमा यस बैंकले जारी गर्न लागेको उक्त ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले ‘इक्रा एनपी एल डबल ए माइनस’ रेटिङ प्रदान गरेको छ ।
त्यस्तै, लगानीकर्ताले उक्त ऋणपत्रमा छिटोमा चैत ५ गते र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म भर्न पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस