Like us!
Follow us!
Connect us!
Watch us!

कैलाश मिलेपछि अब्बल बन्दै प्राइम कमर्सियल बैंक, राम्रा सेवा र प्रतिफल दिने संचालकको प्रतिवद्धता (भिडियोसहित)

निशा हुमाँगाई

विहीबार, २९ फागुन २०७६, १३ : २३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडको कैलाश विकास बैंक लिमिटेडसँग एकीकृत कारोबार सम्पन्न भएकाे छ । बिहीबार प्राइम कमर्सियल बैंककाे केन्द्रिय कार्यालयमा आयोजित विशेष समारोहमा एकीकृत कारोबार सम्पन्न भएकाे घाेषणा गरिएकाे हाे ।

यसैगरी, एकीकृत कारोबारकाे कार्यक्रममा बोल्दै प्राइम कमर्सियल बैंकका  सञ्चालक समिति अध्यक्ष राजेन्द्र दास श्रेष्ठले उच्च प्रतिफल दिँदै आएको यस बैंक कैलाश जोडिएपछि ग्राहकलाई झन् उच्च प्रतिफल पुग्ने बताएका छन् । 

प्राइम कमर्सियल बैंक लिमिटेडले कैलाश विकास बैंक लिमिटेडलाई गाभ्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई दुवै बैंककाे पुस २५ गते सम्पन्न भएकाे साधारण सभामा आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गरिएकाे थियाे ।

त्यस्तै, कैलाश बैंकको प्राप्तिपछि प्राइम बैंकको चुक्तापुँजी १३ अर्ब ९५ करोड, पुँजी कोष १९ अर्ब, निक्षेप १ खर्ब २८ अर्ब र कर्जा १ खर्ब १५ अर्ब रुपैयाँ पुगेकाे छ ।

हेरौं, बैंलाश विकास बैंक र प्राइभ कमर्सियल बैंकको एकिकृत कारोबार शुभारम्भको भडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको