Like us!
Follow us!
Connect us!
Watch us!

रकेट आक्रमणमा परी तीन विदेशी सैनिक मारिए

विहीबार, २९ फागुन २०७६, १५ : ३२ मा प्रकाशित

रकेट आक्रमणमा परी तीन विदेशी सैनिक मारिए

अर्थ संसार, काठमाण्डौं - इरानमा रहेको एक सैनिक शिवीरमा बुधवार भएको भयावह रकेट आक्रमणमा परी दुई अमेरिकी र एक बेलायती सैनिक मारिएका अमेरिकी अधिकारीले जानकारी दिएका छन् ।

बुधवार साँझ बग्दादको उत्तरमा रहेको ताजी हवाइ शिवीरमा सो आक्रमण भएको थियो । यस शिवीरमा  अमेरिकी नेतृत्वको गठबन्धनका सैनिकहरूले स्थानीय फौजलाई जिहादीहरूसित युद्ध गर्न मद्दत र्पुयाइरहेका छन् ।

त्यसैगरी, अमेरिकी नेतृत्वको यस गठबन्धनद्वारा प्रकाशित विज्ञप्तिमा तीन कर्मचारी मारिनुको साथै अन्य १२ जना घाइते भएका बताइएको छ । एक अमेरिकी अधिकारीले एएफपीलाई भने कि मृतकमा दुई अमेरिकी र एक बेलायती नागरिक रहेका थिए । 
  
यो आक्रमणले खतरनाक रुपमा खतरा निम्त्याएको बताइएको छ । यसलगत्तै पूर्वी सिरियामा इरानका सहयोगी इराकी लडाकूहरूलाई अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गरेको र यसमा परी कम्तीमा १८ लडाकू मारिएका सिरियाको युुद्ध निरिक्षण गरिरहेका एक मानव अधिकारबादी समूहले जनाएको छ । 

त्यस्तै, इराकी सेनाले भने कि रकेट एक ट्रकको पछाडिबाट चलाइएको, तर यसले कुनै हताहत भएको टिप्पणी गरेको छैन।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र बेलायती विदेश मन्त्री डोमिनिक राबबीच भएको टेलिफोन वार्तामा उक्त रकेट हमलाको निन्दा गर्नु भएको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको