Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंककाे नयाँ एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यलय धनुषामा

निशा हुमाँगाई

शुक्रबार, ३० फागुन २०७६, १४ : ३१ मा प्रकाशित

प्रभु बैंककाे नयाँ एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यलय धनुषामा

अर्थ संसार, काठमाडौं – प्रभु बैंकले आफ्नाे सेवा विस्तार गर्ने क्रममा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं ०४ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

धनुषास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको धनुषाका प्रमुख जिल्ला अधिकृत प्रदिप राज कडेंलले एक समारोहका बिच आज शुक्रबार समुद्घाटन गरेका हुन् । 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैंकिङ्ग कारोबार प्रभावकारी रूपमा सञ्चालन गरिरहेको प्रभु बैंकले धनुषा जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नाे सेवा विस्तार गर्न सफल भएको छ ।

यसैगरी, प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरूले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

त्यस्तै, प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५८ वटा ATM, ४६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको