Like us!
Follow us!
Connect us!
Watch us!

काँग्रेस बैठक स्थगित

सोमबार, ०३ चैत्र २०७६, १४ : १६ मा प्रकाशित

काँग्रेस बैठक स्थगित

अर्थ संसार, काठमाण्डौं - कोभिड-१९ रोगको कारण फैलिएको त्रास र बजारमा एक्कासी देखिएको महङ्गीप्रति सरकारले चासो देखाउनु पर्ने नेपाली काङ्ग्रेस मोरङले माग गरेको छ । 

यो रोगसँगै फैलिएको त्रासले बजारमा अनधिकृत रुपमा सामानको मूल्य बढेको र यसबाट आम उपभोक्ता मारमा पर्ने गरेका छन् । यही चैत ५ गते बस्ने भनिएको बैठक कोरोनाकै कारण स्थगन भएको नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिँदै यसबाट बच्न र बचाउन भातृ सङ्गठनमार्फत सचेतना एवं जागरण अभियान सञ्चालन गर्ने योजना बनाएको बताए ।

त्यस्तै, सचिव घिमिरेले भने, ‘कोरोना सङ्क्रमणको सन्त्रासका कारण देशको परिस्थिति, केन्द्रीय समितिले दिएको निर्देशन तथा स्थानीय अवस्थालाई समेत मध्यनजर गर्दै बैठक स्थगन गर्ने निर्णय भएको हो, ठूलो सङ्ख्यामा भेला भएर राजनीतिक कार्यक्रम हुने छैन ।” - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको