Like us!
Follow us!
Connect us!
Watch us!

विदेश पठाइदिने भन्दै दश लाख ठगी गर्ने पक्राउ

मंगलबार, ०४ चैत्र २०७६, १४ : ५२ मा प्रकाशित

विदेश पठाइदिने भन्दै दश लाख ठगी गर्ने पक्राउ

अर्थ संसार, काठमाण्डौं - वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी ठगी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बागलुङ जिल्ला, ढोरपाटन नगरपालिका–४ घर भई काठमाडौँ रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनले रु १० लाख बढी ठगी गरेको उजुरी परेपछि महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो । 

त्यस्तै, रोजगारीको प्रलोभनमा पारी नौ जनाबाट रु १० लाख ५३ हजार पैसा लिई उनी फरार भएका थिए । पीडितको जाहेरीका आधारमा खोजी गर्दैगर्दा काठमाण्डौंको गँगबुबाट उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए । उनलाई आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाण्डौंमा बुझाइएको उनले बताए । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको