अर्थ संसार, काठमाडौं - प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई सक्रिय बनाउनु पर्ने बताएका छन् ।
कोरानाका कारण विश्वनै आक्रान्त बनिरहेका बेला दक्षिण एसियाली मुलकहरुले एक आपसमा पारस्परिक सहयोग आदान प्रदान गर्नु पर्ने डा.भट्टराईले बताए । बुधबार संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै भट्टराईले केहि दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको पहलकदमीमा सार्क राष्ट्रका राष्ट्र प्रमुखका विचमा भएको भिडियो कन्फरेन्स अन्यन्तै सफल भएको र यसले सार्क मुलुकहरुलाई अझ नजिक ल्याउँन सहयोग पुगको बताए ।
नेपाल जहिले पनि सार्कको निरन्तरता र क्रियाशिलाको पक्षमा रहेको भन्दै उनले अब यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
अन्तरसंवादमा बोल्दै डा भट्राईले प्रधानमन्त्री केपी ओलीले डाक्टरको उच्च निगरानीमा रहेर कार्यसम्पादन गरिरहेको पनि बताए । उनले भने, "प्रधानमन्त्री ज्यू अहिले पनि डाक्टरको सुपरभिजनमा हुनुहुन्छ भिडियो कन्फरेन्समा सहभागीता देखि अन्य भेटघाटहरु डाक्टरको अनुमतीमै भइरहेका छ ।"
काेरोना नेपाल भित्रिन नदिन सरकारले उच्च सर्तकता अपनाइरहेको तर नेपाल कोरोना सक्रमणको उच्च जोखिममा भने रहेको भट्टराईले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस