Like us!
Follow us!
Connect us!
Watch us!

काेराेनाकाे नाममा कालोबजारी अन्त्य गराैँ : पेसागत महासङ्घ नेपाल

निशा हुमाँगाई

शुक्रबार, ०७ चैत्र २०७६, ११ : ५५ मा प्रकाशित

काेराेनाकाे नाममा कालोबजारी अन्त्य गराैँ : पेसागत महासङ्घ नेपाल

अर्थ संसार, काठमाडौं – चीनको हुवेइ सहरबाट शुरू भएको नोबेल कोरोना भाइरस (COVID-19) विश्वका विभिन्न देशहरूमा फैलिने क्रममा छ । विश्वमा हाल सम्म उक्त भाइरसबाट २ लाख ७ हजार भन्दा वढी मानिसलाई संक्रमण भएकोमा ८ हजार ६ सय ५७ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा ५२९ जनाको नमुना परीक्षण गरिएकोमा हाल सम्म १ जनाको मात्र सकरात्मक देखिएको र निजले समेत स्वास्थ्य लाभ गरी सकेको र सो बाहेक हालसम्म कसैलाई पनि कोरोना भाइरस नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले समयमा नै देखाएको सजगता र आम नेपाली जनताका सामूहिक सतर्कताका कारणले विश्वभरी महामारिको रूपमा फैलिएको कोरोना भाइरस पूर्ण नियन्त्रण गर्न सफल एक मात्र देश नेपाल हुन गएको छ । 

यति हुँदाहुँदै पनि विश्वका शक्ति राष्ट्रहरूलाई समेत नराम्ररी पिरोली रहेको  यस महामारीबाट बच्न अझै धेरै सजगता, संयम र सामूहिक प्रयासको आवश्यकता अझै रहि रहेको छ । यस सन्दर्भमा नोबेल कोरोना भाइरस सम्वन्धमा विभिन्न सञ्चार माध्यमका समाचार र यस सम्बन्धमा यथार्थ जानकारीको अभावका कारण आम जनमानसमा त्रास फैलिनु स्वभाविक छ ।

यस त्रासदीपूर्ण अवस्थाको गलत फाइदा उठाउँदै दैनिक उपभोग्य लगायतका सामाग्रीहरूको कृतिम अभाव सृजना गरी कालोबजारी गर्ने र देश र जनता शंकटमा परेको मौका छोपी सो बाट फाइदा उठाउँदै अनुचित मुनाफा आर्जन गर्ने गलत तत्वले आफ्नो स्वार्थ पूर्तिगर्न सक्ने अवस्था समेतलाई दृष्टिगत गरी नियमित तथा प्रभावकारी अनुगमनका लागि पेसागत महासङ्घ नेपाल सरकार सँग अनुरोध गर्दछ ।

साथै, यस त्रासदीपूर्ण अवस्थामा सरकारवाट जारी हुने निर्देशन तथा उपायहरूको पालना र उपयोग गर्दै आफू सुरक्षित रहने र सम्वद्ध सबै सँग हातेमालो गरी यस महामारीलाई देश भित्र भित्रन नदिने र भित्रिहाले पनि समूचित सहयोगको व्यवस्था मिलाउन सबै राष्ट्रिय संघ, प्रतिष्ठान तथा महासङ्घ सम्वद्ध सदस्यहरूमा पेसागत महासङ्घले आह्वान गरेकाे छ । 

त्यस्तै, महासङ्घले कोरोना भाइरस फैलिएका देशहरूमा काम गर्ने नेपाली श्रमिकहरूको स्वास्थ्यको बिषयमा कुटनीतिक माध्यमबाट पहल गरी उपयुक्त कदम चाल्नका लागि नेपाल सरकारसँग अनुरोध गरेकाे छ । आफ्नो कार्यक्षेत्रमा रहेका श्रमिक पेसाकर्मीहरूलाई उच्च सतर्कताका साथ काम गर्न तथा अवस्थामा सुधार नआउँदा सम्म राष्ट्रिय स्तरका ट्रेड युनियन संङ्घ संगठनहरूलाई ठूल्ठूला सभा, सम्मेलन, भेला, जुलुस नगर्न, अनावश्यक घर वाहिर ननिस्कन, भिडभाडमा नजान तथा कार्यक्षेत्रमा जनचेतना जगाउने काममा सक्रिय रहन महासङ्घले अनुरोध गरेकाे छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको