Like us!
Follow us!
Connect us!
Watch us!

फिनल्याण्डमा ५२१ लाई कोरोना सङ्क्रमण, एकको मृत्यु

अर्थ संसार

आइतबार, ०९ चैत्र २०७६, १२ : ५७ मा प्रकाशित

फिनल्याण्डमा ५२१ लाई कोरोना सङ्क्रमण, एकको मृत्यु

अर्थ संसार, हेलसिन्की–  कोरोना भाइरस सङ्क्रमणका कारण फिनल्याण्डमा एक व्यक्तिको मृत्यु भएको छ।   

फिनल्याण्ड सरकारले यूरोपेली यस मुलुकमा कोरोना भाइरसको सङ्क्रमण ५२१ जनामा सङ्क्रमण भएको भएपनि यसका कारण फिनल्याण्ड मृत्यु भएको यो नै पहिलो घटना भएको भन्दै देश कोरोना भाइरस सङ्क्रमणको थप गम्भीर अवस्थामा पुगेको बताएको छ ।

फिनिस इन्स्टिच्युट फर हेल्थ एन्ड वेलफेयरले मृत्युको पुष्टि गरेको छ तर मृतकका बिषयमा विस्तृत विवरण भने दिएको छैन । मृतक हेल्सिन्कीमा बस्ने एक वृद्ध व्यक्ति रहेको र उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको बताइएको छ । 

फिनल्याण्डका प्रधानमन्त्री साना मरिनले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम बढेपछि राज्यमा स्वास्थ्य सङ्कटकालको घोषणा गर्नुभएको थियो । जस अन्तर्गत सरकारले ठूलो सङ्ख्यामा भेला हुन वा सभा सम्मेलन गर्न निषेध गरेको थियो । 

सोमबारको सरकारी निर्णय अनुसार सङ्क्रमणलाई नियनत्रण तथा रोकथामका लागि फिनल्याण्डमा १० जनाभन्दा बढी व्यक्तिलाई भेला हुन रोक लगाइएको छ भने देशभर विद्यालयहरू बन्द गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको