Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना रोकथाम गर्न राजपाका सांसदले १५ दिनको तलब दिने

अर्थ संसार

बुधबार, १२ चैत्र २०७६, १८ : २५ मा प्रकाशित

कोरोना रोकथाम गर्न राजपाका सांसदले १५ दिनको तलब दिने

अर्थ संसार, काठमाडौं -राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले १५ दिनको तलब कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

 राजपाका संयोजक शरत्सिंह भण्डारीको निर्देशन बमोजिम सांसदले १५ दिनको तलव दिने भएका पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो । राजपाका प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी हाल १८ सांसद हुनुहुन्छ ।

यसअघि राजपाले विज्ञप्ति निकालेर कोभिडको सङ्क्रमण नियन्त्रणका लागि सरोकार भएका सबैलाई एकजुट हुन अपिल गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको