Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना अपडेट : विश्वभर ४७ हजार २४५ को मृत्यु, कुन देशमा कतिकाे मृत्यु ?

निशा हुमाँगाई

विहीबार, २० चैत्र २०७६, ११ : ३८ मा प्रकाशित

काेराेना अपडेट : विश्वभर ४७ हजार २४५ को मृत्यु, कुन देशमा कतिकाे मृत्यु ?

अर्थ संसार, काठमाडौं –  कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४७ हजार २४५ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरी नौ लाख ३६ हजार ५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेको छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य : 

इटालीमा १ लाख १० हजार ५७४ कुल सङ्क्रमित भएका छन् भने, तेह्र हजार १५५ को मृत्यु भएको छ । यसैबीच १६ हजार ८४७ निको भएर फर्किएका छन् ।

स्पेनमा १ लाख ४ हजार ११८ कुल सङ्क्रमित भएका छन् भने, नौ हजार ३८७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ६४७ निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा २ लाख १५ हजार ३०० कुल सङ्क्रमित भएका छन् भने, पाँच हजार ११० को मृत्यु भएको छ । यसैबीच ८ हजार ८७८ निको भएर फर्किएका छन् ।

फ्रान्समा ५६ हजार ९८९ कुल सङ्क्रमित भएका छन् भने, चार हजार ३२ को मृत्यु भएको छ । यसैबीच १० हजार ९३५ निको भएर फर्किएका छन् ।

चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३१२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर फर्किएका छन् ।

इरानमा ४७ हजार ५९३ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३६ को मृत्यु भएको छ । यसैबीच १५ हजार ४७३ निको भएर फर्किएका छन् ।

बेलायतमा २९ हजार ४७४ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ३५२ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

नेदरल्यान्ड्समा १३ हजार ६१४ कुल सङ्क्रमित भएका छन् भने, एक हजार १७३ को मृत्यु भएको छ । यसैबीच २५० जना निको भएर फर्किएका छन् ।

जर्मनीमा ७७ हजार ९८१ कुल भएका छन् भने, ९३१ को मृत्यु भएको छ । यसैबीच १८ हजार ७०० निको भएर फर्किएका छन् ।

बेल्जियममा १३ हजार ९६४ कुल सङ्क्रमित भएका छन् भने, ८२८ को मृत्यु भएको छ । यसैबीच २ हजार १३२ निको भएर फर्किएका छन् । - रासस/एपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको