Like us!
Follow us!
Connect us!
Watch us!

अब Connect IPS मार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

निशा हुमाँगाई

आइतबार, ३० चैत्र २०७६, १२ : ४८ मा प्रकाशित

अब Connect IPS मार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

अर्थ संसार, काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न Digital Payment System बाट भुक्तानी सुविधा दिँदै आएकोमा अब Connect IPS मार्फत पनि Online भुक्तानी गर्न सकिने छ ।

Connect IPS मा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आफ्नाे बीमा शुल्क भुक्तानी गर्न सकिने छ ।

 कम्पनीको शाखा/उपशाखा कार्यालयमा गई आफ्नाे प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीहरूले अब सहज र सरल तरिकाबाट Connect IPS मार्फत Online भुक्तानी गर्न सक्नुहुनेछ । जुनसुकै समयमा जहाँसुकैबाट Online भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरूको समयको बचत हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले आफ्ना सेवाग्राहीहरूलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यसअघि नै नेपाल लाइफको प्रिमियम Digital Wallet हरू e-Sewa तथा Prabhu Pay बाट Online भुक्तानी भइरहेको छ ।

त्यस्तै, Fone Pay मार्फत आफ्नाे बैंक खाता Connect गरी र Nepal Investment Bank को Internet Banking मार्फत Online भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ । नेपाल लाइफले अन्य Digital Payment System बाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तीमा उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको