अर्थ संसार, गलकोट -कोरोनाको द्रुत परीक्षण अर्थात् र्यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० मा पोजेटिभ आएको बागलुङ काठेखोला गाउँपालिकाका एक ६५ वर्षीया वृद्धाको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।
आरडिटी पोजेटिभ देखिएको महिलाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखराको कोरोना परीक्षण ल्याबमा पठाइएको थियो । स्वाब परीक्षण गर्दा उक्त महिलाको रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो ।
चैत ७ गते भारत तीर्थयात्रा गरेर फर्किनुभएकी महिलाको आइतबार गाउँपालिकामा गरिएको द्रुत परीक्षण (पिड इगोनोस्टिक टेष्ट)रिपोर्ट पोजेटिभ देखिएको थियो । उहाँलाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले आइतबार राति ११ बजे भीमसेन माविको क्वारेन्टाइनमा राखेको छ । रासस
यो पनि पढ्नुहा्स्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस