अर्थ संसार, काठमाडौं – सरकारले ‘लकडाउन’ वैशाख १५ गतेसम्म थप्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज (मंगलबार) बसेको मन्त्रिपरिषद्काे बैठकले लकडाउन अझै १२ दिन लम्ब्याउने निर्णय गरेको हाे ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ लकडाउन फेरि थपिएकाे हाे । नेपालमा समेत कोरोना सङ्क्रमितको संख्या थपिँदै गएकाे छ ।
सरकारले पहिलाे पटक चैत्र ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो । त्यस पश्चात फेरी सरकारले दाेश्राे पटकमा चैत्र २५ गते राति १२ बजेसम्मलाई लकडाउन थपेकाे थियाे । तेश्राे पटक वैशाख ३ गतेसम्मलाई लकडाउन थपिएकाे थियाे । आज सरकारले चाैथाे पटक वैशाख १५ गतेसम्मलाई लकडाउन थप्ने निर्णय गरेकाे छ ।
त्यसैगरी, हालसम्म नेपालमा १६ जना कोरोना संक्रमित भेटिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस