Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुलाई नियमित रिपोर्टिङ गर्न राष्ट्र बैंककाे निर्देशन

निशा हुमाँगाई

विहीबार, ०४ बैशाख २०७७, १२ : ५० मा प्रकाशित

बैंकहरुलाई नियमित रिपोर्टिङ गर्न राष्ट्र बैंककाे निर्देशन

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंकहरुलाई नियमित रिपोर्टिङ गर्न निर्देशन दिएकाे छ ।

बैंकिङ्ग क्षेत्रमा कोरोना भाइरसले पुर्‍याएकाे क्षति मूल्यांकन गर्न राष्ट्र बैंकले सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई लकडाउनपछि अवरुद्ध भएको 'रिपोर्टिङ' पेश गर्न निर्देशन दिएकाे हाे । 

यसअघि, राष्ट्र बैंकले चैत्र १२ गते निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकमा गर्नुपर्ने रिपोर्टीङहरु परिस्थिति सामान्य भई कार्यालय नियमित रुपमा खुलेको ७ दिनभित्र गर्ने व्यवस्था मिलाउन आह्वान गरेकाे थियाे । 

यसैगरी, राष्ट्र बैंकले हिजाे (वैशाख ३ गते, बुधबार) निर्देशन जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को प्रभाव मूल्याङ्कन/अध्ययन समेतको लागि वित्तीय क्षेत्रको तथ्याङ्कहरु नियमित उपलब्ध हुनु पर्ने हुँदा संक्रमणको जोखिमबाट सुरक्षित रहने उपाय अवलम्बन गरी राष्ट्र बैंकको एकीकृत निर्देशन २०७६ बमोजिम नियमित रिपोर्टिङ गर्न आग्रह गरेकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको