Like us!
Follow us!
Connect us!
Watch us!

सर्लाहीमा एक जनामा देखियो कोरोना पोजेटिभ

अर्थ संसार

शनिबार, ०६ बैशाख २०७७, ०९ : ११ मा प्रकाशित

सर्लाहीमा एक जनामा देखियो कोरोना पोजेटिभ

अर्थ संसार, सर्लाही -सर्लाहीमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो ।

सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई शुक्रबार साँझ आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पुष्टि गर्नुभयो ।
 
कोरोना पोजेटिभ देखिएका उक्त बालकको थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रजिअ जिसीले बताउनुभयो । उनीसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिलाई र्यापिड टेष्ट गर्दा नेगेटिभ देखिए पनि थप परीक्षणका लागि उनलाई पनि जनकपुर पठाइएको उहाँले जानकारी दिनुभयो ।

कोरोना पोजेटिभ देखिएका ती बालक चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए । भारतबाट आएको जानकारी सुरक्षाकर्मीलाई थाहा भएपछि ती बालकलाई आफ्नो घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो ।

यो पनि पढ्नुहोस्

कोरोना कहर : गाउँघरमा लकडाउन गर्ने कि नगर्ने ? 

थप १४ जनामा कोरोना भाइरस संक्रमित 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको