अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरका ३३ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।
सुनसरीको धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उदयपुरका ८ जनाकाे थ्रोट स्वाबकाे पुन: परीक्षण (पीसीआर टेस्ट) गर्दा एकजनालाई संक्रमण देखिएको उनले बताए । अरू सात जनाको नतिजा आउन बाँकी रहेको छ ।
याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३२ पुगेको छ ।
भुल्केमा रहेको मस्जिदमा बसेका १२ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि वैशाख ६ गते ६९ जनाको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका मध्ये ८ जनामा शंकास्पद नतिजा देखिकाे हुनाले सङ्क्रमित भए नभएको यकिन गर्न पुन:परीक्षणको लागि उनीहरूलाई धरान पठाइएको थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस