अर्थ संसार, काठमाडौं - सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचार कोषमा सहयाेग गर्नेहरू दिनानुदिन बढ्दै गइरहेका छन् ।
हालसम्म काेषमा २ अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ रूपैयाँ सङ्कलन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताएका छन् । उनका अनुसार हिजो (मंगलबार) मात्र कोषमा १ करोड ३५ लाख तीन हजार ४२० जम्मा भएको छ ।
मङ्गलबार एभरेष्ट बैंकले रु ६० लाख, राष्ट्रिय योजना आयोगबाट रु चार लाख ६६ हजार २३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको तर्फबाट रु तीन लाख ९२ हजार ९१३, भेरी प्राविधिक शिक्षालय रु दुई लाख ९४ हजार ८५५, न्याय हेल्प नेपाल रु दुई लाख ७१ हजार २०, नाम नामेसी नखुलेका तथा रु एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट रु ४५ लाख ५८ हजार ५९ सङ्कलन भएको हाे।
सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका सहयोग पुर्याउन कोष स्थापना गरेको हो । कोषमा सङ्कलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने छ । राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार परिसरमा रहेको शाखा कार्यालयमा कोषको खाता नम्बर १९६०००००११०१ मा उक्त रकम जम्मा गरिएको छ ।
काेराेना काेषमा सहयाेग गर्ने केही संस्था तथा व्यक्तिकाे विवरण तल उल्लेख गरिएकाे छ :
नाम सहयाेग रकम
राष्ट्रिय वाणिज्य बैंक एक करोड ५० लाख
ग्लोबल आइएमइ बैंक एक करोड १५ लाख
नेपाल आयल निगम ५० करोड
नेपाल दूर सञ्चार प्राधिकरण १५ करोड
नेपाल दूर सञ्चार कम्पनी १२ करोड
नेपाल धितोपत्र बोर्ड ३ कराेड
निक्षेप तथा कर्जा सुरक्षण कोष ३ कराेड
नेपाल स्टक एक्चेन्ज ३ करोड ५१ लाख
बीमा समिति ५ कराेड
राष्ट्रिय बीमा संस्थान १ कराेड
कर्मचारी सञ्चय कोष ५ कराेड
कृषि विकास बैंक १ करोड ६० लाख
बैंक अफ काठमाडौं १ करोड ५ लाख ५० हजार
नागरिक लगानी कोष २ करोड
सेञ्चुरी बैंक ८५ लाख
सिटिजन्स बैंक ५० लाख
सिभिल बैंक ७८ लाख ५ हजार
सिडिएस एण्ड क्लियरिङ लिमिटेड ३५ लाख
हिमालयन बैंक १ करोड २५ लाख
लक्ष्मी बैंक १ कराेड
माछापुच्छ्रे बैंक १ करोड ६ लाख
एनसिसी बैंक १ कराेड
नेपाल बंगलादेश बैंक १ करोड ४५ लाख
एनएमबि बैंक १ करोड ५१ लाख
नेपाल एसबिआई बैंक १ कराेड
नेपाल इन्भेस्टमेन्ट बैंक १ कराेड
प्रभु बैंक १ कराेड १ लाख
कुमारी बैंक ७० लाख
मेगा बैंक १ करोड ३५ लाख
नेपाल बैंक १ कराेड ३५ लाख
प्राइम बैंक १ कराेड करोड ७५ लाख
सानिमा बैंक १ कराेड करोड ६८ लाख
सिद्धार्थ बैंक ८५ लाख
आईएमई लाइफ इन्स्योरेन्स ७ लाख ५० हजार
रिलायन्स लाइफ इन्स्योरेन्स ७ लाख ५० हजार
नेशनल लाईफ इन्स्योरेन्स ५१ लाख
नेपाल लाइफ इन्स्योरेन्स १ कराेड
सिटिजन लाइफ इन्स्योरेन्स ७ लाख ५० हजार
पूर्वराजा ज्ञानेन्द्र शाह २ करोड
राष्ट्रपति विद्यादेवी भण्डारी २ महिनाकाे तलव
प्रधानमन्त्री केपी शर्मा ओली १ महिनाकाे तलव
सभामुख अग्निप्रसाद सापकोटा १ महिनाकाे तलव
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस