अर्थ संसार, काठमाडौं- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपाल पनि ४५ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ७ जना उपचारपछि घर फर्किसकेका छन् ।
बाँकी ३८ जनाको विभिन्न अपस्पतालमा उपचार भैरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । प्रवक्ता डा देवकोटाको अनुसार पाटन अस्पतालमा २ जना, बाग्लुङमा १ जना, धनगढीमा २ जना, विरगन्जमा ४ जना, भरतपुरमा २ जना र विराटनगरमा २४ जनाको उपचार भैरहेको छ ।
बाँकी तीन जनामा बुधबारमात्रै कोरोना पोजेटिभ पुष्ठि भएकाले उनीहरुलाई विराटनगरमा ल्याउने तयारी भैरहेको छ । उपचारत संक्रमितको स्वास्थय अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस