Like us!
Follow us!
Connect us!
Watch us!

जनकपुरलाई पनि छाडेन काेराेनाले, नेपाल तेश्राे चरणमा पुगेकै हाे त ? (भिडियाेसहित)

निशा हुमाँगाई

विहीबार, ११ बैशाख २०७७, १६ : ५२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उदयपुरकी ५५ बर्षीया एक महिला र जनकपुरकाे एक १४ वर्षीय युवक गरी २ जनामा संक्रमणको पुष्टि भएको उनले बताए । 

याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४७ पुगेको छ । हालसम्म ९ जना भने निकाे भएर घर फर्किसकेका छन् । अन्य व्यक्तिकाे विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।  

कुल ४३ हजार ७२२ को परीक्षण सम्पन्न भएको देवकोटाले बताएका छन् । त्यस्तै, १० हजार ५ सय ७३ जनामा क्वारेन्टाइनमा रहेका छन् । नेपालमा २ सय ७८ जना रेडजोनमा रहेको समेत उनले बताए । 

अन्य विवरणकाे लागि तलकाे भिडियाे हेर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको