Like us!
Follow us!
Connect us!
Watch us!

बेलायतमा फेरि ३ नेपालीको मृत्यु

निशा हुमाँगाई

शुक्रबार, १२ बैशाख २०७७, ०९ : ३४ मा प्रकाशित

बेलायतमा फेरि ३ नेपालीको मृत्यु

अर्थ संसार, काठमाडौं - बेलायतमा कोरोनाका कारण फेरि थप तीन जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीय गोपाल शाही, बीमा नाछिरिङ राई र  ६५ वर्षीय हंशराज लिङ्देन रहेका छन् । 

सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताएका छन्।

खोटाङ घर भई हाल बेलायतको ननिटनमा बस्ने बीमा नाछिरिङ राईको पनि उपचारका क्रममा जर्ज इलिट अस्पतालमा मृत्यु भएको हो । उनी भूपू गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी थिइन् । उनी गत वर्ष मात्र बेलायत गएका हुन् । 

त्यस्तै, कोरोना सङ्क्रमणबाट बेलायतको रेडिङ शहरमा बस्दै आएका ६५ वर्षीय हंशराज लिङ्देनको उपचारका क्रममा रोयल बर्कसायर अस्पतालमा निधन भएको नातेदार विजयविक्रम लिङदेलले जानकारी दिएका छन् । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको