अर्थ संसार, काठमाडौं- झापाको ६२ वर्षीय बृद्धमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले झापा निवासी ६२ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार झापा निवासी ६२ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ ।
हालसम्म प्राप्त विवरणअनुसार निज आइसोलेसनमा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको संस्था ४९ पुगेको छ भने निको भएर १० जना घर फर्किएका छन् ।
Ministry of Health and Population-Nepal
हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ | आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या १ छ | जो झापा निवासी ६२ बर्षका पुरुष हुनुहुन्छ | हाल सम्म प्राप्त विवरण अनुसार निज आइसोलेशनमा अस्पतालमा हुनुहुन्छ र स्वास्थ्य अवस्था सामान्य रहेको छ
डा. समिरकुमार अधिकारी
सह-प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
अध्यावधिक मिति: २०७७ बैशाख १२ गते, साँझ ७:४५ बजे
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस