Like us!
Follow us!
Connect us!
Watch us!

'सरकारले आर्थिक प्याकेज घोषणा गरी व्यवसायी र शेयर लगानीकर्तालाई ढुक्क बनाउन जरुरी छ'

शनिबार, १३ बैशाख २०७७, ०१ : ०० मा प्रकाशित

'सरकारले आर्थिक प्याकेज घोषणा गरी व्यवसायी र शेयर लगानीकर्तालाई  ढुक्क बनाउन जरुरी छ'

२०७६ सालको अन्त्यतिर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको असरबाट नेपाल पनि अछुत हुन सकेन । यसको नियन्त्रण र रोकथाम भन्दै सरकारले  बैशाख १५ सम्म लक डाउन गरेको छ । अहिलेको परिस्थिती जटिल वन्दै गैरहेको छ ।

समय अझै थप्ने वा नथप्ने भनेर पनि सरकारले फेरि निर्णय गर्नेछ । कहिलेसम्म यहि स्थितीमा गुज्रनुपर्छ एकिन छैन। तथापि, कोरोना भाइरस र लक डाउनकोे प्रत्यक्ष प्रभाव जनजीवन र मुलुकको अर्थतन्त्रमा भने देखिन थालिसकेको छ । 

विश्व अर्थतन्त्रलाई शिथिल पार्दै लगेको कोरोना भाइरसका कारण नेपालमा पनि लघु, घरेलु उद्योगदेखि ठूला र प्रत्यक्ष वैदेशिक लगानीका उद्योगधन्दा अनि समग्र बैंक तथा वित्तीय क्षेत्रलाई असर पर्ने हुन्छ । यस्तो असर कतिन्जेलसम्म रहने हो भनेर आँकलन गर्न पनि गाह्रो हुनेछ ।

 यस महामारीको कारण विश्वमै आर्थिक मन्दी छाइसकेको छ । यो अझै कति भयावह हुन्छ, अहिले सहज अनुमान गर्न गारो छ । तर हाम्रोजस्तो रेमिट्यान्समा आधारित अर्थतन्त्रको हालत कस्तो होला हामी सहजै अनुमान गर्नसक्छौं ।

अहिले मानव जीवनमा जोखिमसँगै यो संकटले विश्व अर्थतन्त्रको संरचनालाई नै खल्बल्याउने अवस्था आएको छ । विश्व अर्थतन्त्रलाई शिथिल पार्दै लगेको कोरोना भाइरसका कारण नेपालमा पनि लघु, घरेलु उद्योगदेखि ठूला र प्रत्यक्ष वैदेशिक लगानीका उद्योगधन्दा अनि समग्र बैंक तथा वित्तीय क्षेत्रलाई असर पर्ने हुन्छ । यस्तो असर कतिन्जेलसम्म रहने हो भनेर आँकलन गर्न पनि गाह्रो हुनेछ ।

ठुलठुला उद्योगधन्दादेखि स-साना खुद्रे व्यापारीसम्म अब उठ्न सक्ने अवस्थामा हुँदैनन् ।, बैंक तथा वित्तीय क्षेत्र, पर्यटनलगायत सबै क्षेत्रहरू डामाडोल हुने अवस्था छ । 

त्यो भयावह अवस्थालाई मध्यनजर गर्दै सरकारले अहिलेबाटै वैकल्पिक आर्थिक नीति बनाउन जरुरी छ ।

त्यसैले कम्तिमा उनीहरूहरूका केहि महिनाको भए पनि निश्चित अंकसम्म ऋण र ब्याज मिनाहा गरिदिने, आर्थिक सहयोग र अनुदान उपलब्ध गराउने लगायतका निर्णयहरू गर्न जरुरी छ ।

अर्थात् समग्र आर्थिक प्याकेज घोषणा गरेर उद्योगी, व्यवसायी, व्यापारी, शेयर कारोबारी सबैलाई ढुक्क बनाउन जरुरी छ ।

यो पनि पढ्नुहोस्

नेपालीमा कोरोनासँग लड्ने इम्युनिटी पावर बढी छ - डा. रवीन्द्र पाण्डेको २० तथ्य 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको