अर्थ संसार, काठमाडौं -गृहमन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापा र महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा अर्का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीलाई जिम्मेवारी तोकेको छ ।
उनीहरुलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले प्रमुखको जिम्मेवारी दिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । यसअघि ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा थिए । थापा भने प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन शाखा थिए ।
परिसरका प्रमुख उत्तमराज सुवेदी र महाशाखाका प्रमुख सहकुलबहादुर थापा प्रहरी नायब महानिरीक्षकमा बढुवा भएपछि यहाँ प्रमुखको पद रिक्त थियो । हाल सुवेदी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख हुनुहुन्छ भने थापा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख भएर जानुभएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस