Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा दिनहुँ नयाँ संक्रमित थपिँदै जानु कति चुनौतीपूर्ण छ ?

निशा हुमाँगाई

शनिबार, १३ बैशाख २०७७, १२ : ५१ मा प्रकाशित

भारतमा दिनहुँ नयाँ संक्रमित थपिँदै जानु कति चुनौतीपूर्ण छ ?

अर्थ संसार, काठमाडौं - भारतमा दिनहुँ ‘कोभिड–१९’ का नयाँ संक्रमित थपिँदै जानु चुनौतीपूर्ण भएकाे छ । यसले गर्दा नेपाललाई समेत झन्-झन् जाेखिम बढ्दै गइरहेकाे छ ।

शनिबार बिहानको तथ्यांक अनुसार भारतमा संक्रमितकाे संख्या २४ हजार ५०६ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । जसमा गएको २४ घन्टायता मात्र एक हजार ४२९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७७५ पुगेको छ भने ५ हजार ६३ जना भने उपचारपछि निको भएर फर्किएका छन् । 

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ६ हजार ८१७ जना पुगेको छ भने ३०१ जनाको निधन भएको छ । संक्रमित मध्ये ८४० जना भने निको भएका छन् ।

महाराष्ट्रपछि गुजरात संक्रमण दोस्रो स्थानमा रहेको छ । गुजरातमा २ हजार ८१५ संक्रमित रहेका छन् । संक्रमित मध्ये २६५ जना निको भएका छन् भने १२७ जनाको भने मृत्यु भएको छ ।

दिल्लीमा २ हजार ५१४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये ५३ को ज्यान गएको छ । यसैबीच ८५७ जना उपचारपछि घर फर्किएका छन् ।

भारतको राजस्थानमा २ हजार ३४ मा कोरोना भाइरस संक्रमण देखिएको छ । यस संक्रमणबाट २७ जनाको ज्यान गएको छ । यसैबीच २३० जना भने उपचारपछि घर फर्किएका छन् ।

भारतको मध्यप्रदेशमा १ हजार ८५२ मा कोरोना भाइरस संक्रमण देखिएको छ । यस संक्रमणबाट ९२ जनाको ज्यान गएको छ । यसैबीच २१० जना भने उपचारपछि घर फर्किएका छन् ।

भारतको तमिलनाडूमा १ हजार ७५५ मा कोरोना भाइरस संक्रमण देखिएको छ । यस संक्रमणको कारण २२ व्यक्तिको ज्यान गएको छ । यसैबीच ८६६ जना भने उपचारपछि घर फर्किएका छन् ।

भारतको उत्तरप्रदेश राज्यमा १ हजार ६२१ जना संक्रमित रहेका छन् भने २५ जनाकाे मृत्य भएको छ । त्यसैगरी केरला राज्यमा उच्च ४५० जना कोरोना संक्रमित रहेका छन् । – (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको