Like us!
Follow us!
Connect us!
Watch us!

गर्भवती र सुत्केरीले लकडाउनमा के गर्ने ? (भिडियाेसहित)

निशा हुमाँगाई

शनिबार, १३ बैशाख २०७७, १७ : ४७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा हालसम्म काेराेना संक्रमणबाट निकाे भएर घर फर्किनेको संख्या १२ पुगेकाे जानकारी दिएकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १२ जना निको भएर घर फर्किएका र  ४९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएकाे उनले बताए । 

क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुमा औलो रोगको संक्रमण देखिएको बताउँदै उनले गर्भवती महिला, सुत्केरी महिला र बच्चाहरुलाई लामखुट्टेको टोकाइबाट जोगाउन र व्यक्तिगत तथा वातावरणीय स्वास्थ्यमा ध्यान दिन आह्वान गरेका छन् । 

यसैगरी, हालसम्म ४९ हजार ३ सय ३६ जना जनाको नमूना परीक्षण भएको उनले बताए । जसमध्ये, ९ हजार ६ सय ६६ जनाको पिसिआर विधिबाट र ३९ हजार ६ सय ७० जनाको आरडिटि विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । 

त्यसैगरी, हालसम्म १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ५६ र बागमती प्रदेशमा १ सय ३१ जना क्वारेन्टाइनमा रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएकाे छ । त्यस्तै, उपत्यकामा ३ र उपत्यका बाहिर ८४ गरी ८७ जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले बताएका छन् ।

अन्य विवरणकाे लागि तलकाे भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको