Like us!
Follow us!
Connect us!
Watch us!

किन स्थगित भयाे मन्त्रिपरिषद बैठक ?

निशा हुमाँगाई

आइतबार, १४ बैशाख २०७७, १४ : १९ मा प्रकाशित

किन स्थगित भयाे मन्त्रिपरिषद बैठक ?

अर्थ संसार, काठमाडौं - आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसाे २ बजेबाट शुरू हुने भनिएकाे मन्त्रिपरिषदको बैठक स्थगित भएकाे छ । 

 बैठक अचानक स्थगित भएपछि बालुवाटार पुगिसकेका मन्त्रीहरु फर्किएका छन् । २ बजेका लागि तय भएको बैठक साँझ ५ बजे बस्ने गरी स्थगित भएकाे हाे । 

प्रधानमन्त्री ओलीको व्यस्तताका कारण केही समय पर सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले अहिले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र कोरोना रोकथाम तथा उपचार उच्चस्तरिय समन्वयन समितिको सल्लाह सुझाव लिइ रहेका उनले बताए ।

हाल विश्वभर महामारीकाे रूपमा फैलिएकाे कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले एक महिनादेखि जारी गरिएकाे लकडाउनका बारेमा छलफल गर्न मन्त्रिपरिषदको बैठक गर्न लागिएकाे हाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हिजाे (शनिबार) बसेकाे कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको