Like us!
Follow us!
Connect us!
Watch us!

निकाे भएर घर फर्किनेकाे संख्या बढ्दै, थप चार जना संक्रमित कोरोनालाई जितेर फर्किए (भिडियाेसहित)

निशा हुमाँगाई

आइतबार, १४ बैशाख २०७७, १६ : ४९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसबाट संक्रमित थप चार जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोना भाइरसको संक्रमणको देखिएर उपचाररत चार जना संक्रमीत डिस्चार्ज भएका जानकारी दिएका हुन् । 

त्यसैगरी, हालसम्म ५१ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको उनले बताए । जसमध्ये, ९ हजार ९ सय ३१ जनाको पिसिआर विधिबाट र ४१ हजार ४ सय ३६ जनाको आरडिटि विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । 

यस्तै, उनले हालसम्म १७ हजार २५ जनालाई क्वारेन्टाइनमा राखिएको र काठमाडौं उपत्यकामा ६ जना र बाहिर १०४ जना गरी कुल ११० जना आइसोलेसनमा रहेका छन् । 

त्यसैगरी, मन्त्रालयलका अनुसार हालसम्म नेपालमा भेटिएका ५१ जना संक्रमितमध्ये १६ जना उपचारपश्चात् निको भई घर फर्केका छन् बाँकी ३५ जना संक्रमितको चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । जसमध्ये कोशी अस्पतालमा ३० जना, नारायणी अस्पतालमा ३ जना, भरतपुर अस्पताल र  धनगढीमा एक एक जना उपचाररत रहेका छन् ।

अन्य विवरणकाे लागि तलकाे भिडियाे हेर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको