अर्थ संसार, काठमाडौं - भारतमा दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै गएका छन् । यसरी दिनानुदिन संक्रमितहरू थपिँदै जानु नेपाललाई समेत चुनौतीपूर्ण भएकाे छ ।
मङगलबार बिहानको तथ्यांक अनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितको संख्या २९ हजार ४३५ जना पुगेको छ । जसमध्ये गएको २४ घन्टा यता मात्र एक हजार ५४३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएकाे छ ।
यसैगरी, उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ६२ जना रहेको छ । यो सँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ९३४ जना पुगेको छ । जसमध्ये ६ हजार ८६८ जना भने उपचारपछि निको भएर फर्किएका छन् ।
शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ८ हजार ५९० जना पुगेका छन् । महाराष्ट्रमा ३६९ जनाको निधन भएको छ भने १ हजार २८२ जना भने निको भएका छन् ।
महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारी अनुसार गुजरातमा ३ हजार ५४८ संक्रमित रहेका छन् । संक्रमित मध्ये २९४ जना निको भएका छन् भने १६२ जनाको मृत्यु भएको छ ।
दिल्लीमा ३ हजार १०८ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये ५४ को ज्यान गएको छ । यसैबीच ८७७ जना उपचारपछि घर फर्किएका छन् ।
भारतको राजस्थान, ममध्यप्रदेश, तमिलनाडू, उत्तरप्रदेश, केरला राज्यमा उच्च संक्रमित रहेका र कैयौको ज्यान गएको छ । भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको छ । - (रासस/एएनआई)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस