अर्थ संसार, काठमाडौं - “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले ग्राहकहरूको सुविधा र हितलाई ध्यानमा राख्दै आजदेखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फत अनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।
अब ग्राहकहरूले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च व्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन् । उक्त खाता खोल्ना साथ ग्राहकहरूले नियमित रूपमा बैंकिङ कारोबार गर्न सक्नेछन् ।
यसैगरी, कामना सेवा विकास बैंकले विक्रम संवत २०७७ सालको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । यस क्यालेन्डरमा बैंककै कमचारीहरूद्धारा खिचीएका तस्विरहरू प्रयोग गरीएको छ ।
बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रूपमा डिजिटल माध्यमबाट अनलाईन खाता सेवा शुभारम्भ तथा डिजिटल क्यालेन्डरको बिमोचन गरेका हुन् ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरूमा १२३ वटा शाखा तथा ६४ वटा ATM मार्फत ग्राहकहरूलाई आफनो सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस