Like us!
Follow us!
Connect us!
Watch us!

अम्बे स्टीलस्द्वारा कोरोना काेषमा २५ लाख हस्तान्तरण

निशा हुमाँगाई

बुधबार, १७ बैशाख २०७७, ११ : २४ मा प्रकाशित

अम्बे स्टीलस्द्वारा कोरोना काेषमा २५ लाख हस्तान्तरण

अर्थ संसार, काठमाडौं – कोभिड–१९ को संक्रमणमा परिरहेको यस आपतकालीन अवस्थामा सहयोग पुर्याउनको लागि अम्बे स्टीलस् प्राइभेट लिमिटेडले नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहयोग स्वरूप २५ लाख जम्मा गरेको छ ।

अम्बे स्टीलस्का अध्यक्ष शोभाकर (हरि) न्यौपानेले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई २५ लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

नेपालको स्टीलस् जगतमा आफ्नो बेग्लै पहिचान बनाएर ग्राहकहरूको विश्वास जित्न सफल अम्बे स्टीलसले यस योगदान मार्फत् आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ । आफ्नो स्थापना कालदेखि नै समाजिक कल्याणका लागि उल्लेखनीय योगदान पुर्याउँदै आइरहेको अम्बे स्टीलस्ले आगामी दिनहरूमा पनि भरपूर सहयोग गर्ने बताएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको