अर्थ संसार, काठमाडौं - एभरेष्ट बैंक लिमिटेडले आज फेरि कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं २ को सरकारले स्थापना गरेको राहत कोषमा ६ लाख रूपैयाँ आर्थिक सहयाेग प्रदान गरेको छ ।
बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले मुख्यमन्त्री लालबाबु राउतलाई आज उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
त्यस्तै, बैंकले आफ्नो क्षेत्रीय कार्यालयहरु मार्फत सात प्रदेशका प्रत्येक प्रदेश सरकारलाई ६ लाख रूपैयाँ दिएको हो । यस्तै, केन्द्रिय सरकारलाई ६० लाख प्रदान गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस