Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकका ग्राहकलाई २४ घण्टाभित्रै घरमा सामान

निशा हुमाँगाई

शुक्रबार, १९ बैशाख २०७७, १५ : ३७ मा प्रकाशित

मेगा बैंकका ग्राहकलाई २४ घण्टाभित्रै घरमा सामान

अर्थ संसार, काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूले लकडाउनको समयमा पनि अर्डर गरेको २४ घण्टाभित्रै घरायसी सामान घरमै प्राप्त गर्ने भएका छन् । 

मेगा बैंक नेपाल लिमिटेड र होम सप्लाइजबीच मेगा बैंकका ग्राहकहरूलाई अर्डर गरेको २४ घण्टाभित्रै अत्यावश्यक घरायसी सामानहरू घरमै पुर्याउने सम्झौता भएको हो । खाद्यान्न, घरायसी सामान, तरकारी, बेकरी लगायतका सामाग्री खरिदमा ग्राहकहरूले १० प्रतिशत अथवा बढीमा ५ सय रूपैंयासम्म छुट पाउने सहमति भएको छ । सामान खरिदका लागि होम सप्लाईजको वेभसाइट, भाइबर तथा ह्वाट्सएपमार्फत अर्डर गर्न सकिनेछ । 

लकडाउनका समयमा ग्राहकहरूलाई कुनै अप्ठेरो झेल्न नपरोस् भनेर मेगा बैंकले यसअघि पनि औषधी र खाद्यान्नका लागि विभिन्न सेवा प्रदायकसँग सम्झौता गरिसकेको छ । मेगा बैंकका ग्राहकहरूले फुडमाण्डू र किरानाबाट खाद्यान्न तथा घरायसी सामान प्राप्त गर्न सक्नेछन् भने केन फार्मेसीबाट औषधि तथा इजी केयरमार्फत औषधि र स्वास्थ्य सेवा घरमै बसेर प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, अन्य कम्पनीसँग पनि सम्झौता गरेर ग्राहकहरूलाई सहज तथा सुरक्षित रूपमा घरमै बसी डिजिटल तथा स्मार्ट मोबाइल बैंकिङबाट सामान खरिदको व्यवस्था मिलाइने मेगा बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको