Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन ११ नेपालीमा कोरोना संक्रमण

निशा हुमाँगाई

शनिबार, २० बैशाख २०७७, १० : २८ मा प्रकाशित

एकैदिन ११ नेपालीमा कोरोना संक्रमण

अर्थ संसार, काठमाडौं - कुवेतमा एकैदिन अर्थात हिजाे (शुक्रबार) मात्रै ११ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । याे सँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ७५ पुगेको त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

यसैगरी,  दूतावासले दिएकाे जानकारी अनुसार सबै संक्रमितहरुको अवस्था सामान्य रहेको छ । हालसम्म कुवेतमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका ३ सय ५३ नयाँ संक्रमित भेटिएका छन् ।

त्यस्तै, त्यहाँ कोरोनाका कारण ३० जनाले ज्यान गुमाइसकेका छन् भने १ हजार ६ सय २ जना उपचार पश्चात निको भएर घर फर्किएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको