Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना जितेर घर फर्किएका युवकलाई फेरि ल्याइयो अस्पताल

निशा हुमाँगाई

आइतबार, २१ बैशाख २०७७, १५ : ४५ मा प्रकाशित

कोरोना जितेर घर फर्किएका युवकलाई फेरि ल्याइयो अस्पताल

अर्थ संसार, काठमाडौं - कारोनालाई जितेर घर फर्किएका रौतहटका एक युवकलाई कोराेनाकाे आशंकामा फेरि नारायणी अस्पताल ल्याइएको छ ।

रौतहटको ईशनाथ नगरपालिकाका  १९ वर्षीय बच्चा अन्सारीको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुनः वीरगञ्जस्थित नारायणी अस्पतालमै ल्याइएको हो ।

यसअघि वैशाख २ गते अस्पताल भर्ना गरिएका अन्सारीको पीसीआर परीक्षणको तेस्रो, चौथो र पाचौं रिपोर्ट नेगेटिभ आएको भन्दै वैशाख १४ गते डिस्जार्च गरिएको थियो ।

शरिरमा समस्या देखिएपछि गएराति उनलाई फेरि वीरगन्जको नारायणी अस्पतालमा नै ल्याई भर्ना गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मनोजकुमार उपाध्यायले जानकारी दिएका छन् ।

 बुधबार अस्पतालबाट गएको टोलीले ती युवकको स्वास्थ्य जाँच गर्नुको साथै रगत र थ्रोट स्वाबको नमुना संकलन गरेर ल्याएको थियो । त्यसको रिपोर्ट शंकास्पद देखिएपछि उपचार गर्नका लागि फेरि अस्पताल ल्याइएकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको