अर्थ संसार, काठमाडौं - नेपालमा फेरि लकडाउन थपिने सम्भावना बढेकाे छ । हिजाे (आइतबार) बसेको मन्त्रिपरिषद्काे बैठकले हाल जारी रहेको लकडाउनको अवस्थामा परिवर्तन ल्याउने निर्णय गरेको थियो ।
तर बैठक सकिएलगत्तै नेपालगन्जमा हिजै मात्र थप १५ जनामा कोरोना भाइरस संक्रमणकाे पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमणकाे जोखिम उच्च रहेको भनी सरकारले फेरि १५ दिन लकडाउन थप्ने सम्भावना बढेको छ ।
नेपाली समाजमा लकडाउन नगर्ने हो भने मानिसको आवतजावतलाई रोक्न निकै समस्या हुनसक्ने भएकाले लकडाउन लम्ब्याउनु नै अन्तिम विकल्प रहेकाे छ । लकडाउनकै कारण नेपालमा कोरोना भाइरसकाे संक्रमण फैलन पाएकाे छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस