अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (साेमबार) एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२० रुपैया ४८ पैसा रहेकाे छ ।
त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९० पैसा रहेकाे छ ।
त्यसैगरी, साेमबार एक कुवेती दिनारको खरिददर ३८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३९० रुपैयाँ ६१ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१७ रुपैयाँ २० पैसा र बिक्रीदर ३१८ रुपैयाँ ७८ पैसा रहेकाे छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा र बिक्रीदर २८ रुपैयाँ ३ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८ पैसा तोकिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस